Kathmandu Press

सत्याग्रहीलाई धरपकड गरेर सरकारले अराजक र अमानवीय चरित्र देखायो : कांग्रेस 

काठमाडौं, असोज ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अनशनरत प्रा‍.डा. गोविन्द केसीको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले बुधबार विज्ञप्ति जारी...
सत्याग्रहीलाई धरपकड गरेर सरकारले अराजक र अमानवीय चरित्र देखायो : कांग्रेस 

काठमाडौं, असोज ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अनशनरत प्रा‍.डा. गोविन्द केसीको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ। 

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी इमान्दार रुपमा वार्ता गर्दै डा. केसीको माग सम्बोधन गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।डा. केसीलाई धरपकड गरेर सरकारले अराजक चरित्र देखाएको कांग्रेसले आरोप लगाएको छ।

“जबरजस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको व्यवहारले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर गरेको छ,’कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेसले चिकित्सा शिक्षा सुधारका लागि माथेमा कार्यदलको सुझाव कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस सरकारका पालामा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ नेकपा सरकारले कार्यान्वयन गरेको भए नेपालको चिकित्सा शिक्षा क्षेत्र नयाँ उचाइमा पुग्ने कांग्रेसको दाबी छ।
 

प्रकाशित मिति: ००:११ बजे, बिहीबार, असोज ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्