Kathmandu Press

काठमाडौं उपत्यकामा बुधबार थपिए ६३७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा बुधबार थपिए ६३७ जना कोरोना संक्रमित

काठमाडौं, असोज ७ : काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ।   

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १८९३ जना घर फर्किएका छन्।    
 

प्रकाशित मिति: २२:१५ बजे, बुधबार, असोज ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्