Kathmandu Press

बुहारीलाई बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, असोज ७ : भोजपुरमा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। बुहारीलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ का ४५...
बुहारीलाई बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, असोज ७ : भोजपुरमा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। 

बुहारीलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ का ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो। 

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ।

प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित मिति: २१:४६ बजे, बुधबार, असोज ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्