प्रदेश ३ को प्रदेशसभा बैठक वैशाख ३० का लागि बोलाइयो
हेटौँडा, वैशाख ११ : प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक वैशाख ३० गतेका लागि बोलाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा....

हेटौँडा, वैशाख ११ : प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक वैशाख ३० गतेका लागि बोलाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक वैशाख ३० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेकी हुन्।
प्रदेश प्रमुख कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार वैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो।
प्रकाशित मिति: १५:५९ बजे, बुधबार, वैशाख ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












