Kathmandu Press

आमिर खानले रोके छोरालाई बलिउड प्रवेशमा

काठमाडौं, वैशाख ११ : बलिउडमा थुपै स्टार किड्स भित्रिसकेका छन्। यो सूचिमा बलिउड स्टार आमिर खानका छोरा जुनैद पनि पर्ने चर्चा थियो।

तर, आमिरले ....

आमिर खानले रोके छोरालाई बलिउड प्रवेशमा

काठमाडौं, वैशाख ११ : बलिउडमा थुपै स्टार किड्स भित्रिसकेका छन्। यो सूचिमा बलिउड स्टार आमिर खानका छोरा जुनैद पनि पर्ने चर्चा थियो।

तर, आमिरले जुनैदलाई बलिउड प्रवेशमा रोकेका छन्। भारतीय मिडियाका अनुसार, जुनैदले आमिरले तोकेको मापदण्ड पूरा गर्न नसकेपछि बलिउड प्रवेशबाट रोकिएका हुन्।

फिल्म ‘फोरेस्ट गम्प’को रिमेक ‘लालसिंह चड्ढा’ गीतमार्फत जुनैद प्रवेश पक्का थियो। उनले फिल्मका केही सिनमा अभियन पनि गरेका थिए। तर, आमिरलाई छोराको अभियन त्यति चित्त बुझेन।

उनलाई लिड रोलमा छोराले राम्रोसँग गर्न नसक्ला कि भन्ने डर छ। जसका कारण उनले जुनैदको प्रवेश रोकेको जनाएको छ। अब लिड रोलमा आमिर नै देखिेन भएका छन्।

हुन त जुनैद फिल्मी जगतमा नयाँ भने होइनन् । उनले अमेरिकन एकेडमी अफ ड्रामा आर्ट थिएटरबाट अभिनयसम्बन्धी अध्ययन गरेका छन्। त्यस्तै, ‘पिके’ फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन्।

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, वैशाख ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्