हरर फिल्म ‘कठपुतली’ आउँदै
काठमाडौं, वैशाख ११ : हलिउड र बलिउडमा हरर फिल्म चाप भएपनि नेपालमा भने कमै बन्ने गरेका छन्। नेपाली दर्शकलाई नयाँ स्वाद दिन हरर फिल्म आउन लागेको छ, &lsqu....

काठमाडौं, वैशाख ११ : हलिउड र बलिउडमा हरर फिल्म चाप भएपनि नेपालमा भने कमै बन्ने गरेका छन्। नेपाली दर्शकलाई नयाँ स्वाद दिन हरर फिल्म आउन लागेको छ, ‘कठपुतली’।
पोस्ट प्रोडक्सन भइरहेको ‘कठपुतली’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
यो फिल्म कुनै कालखण्डको राजाको दरबारभित्रको सेरोफेरोमा आधारित रहेको ‘िकठपुलती’ लेखक एवं कार्यकारी निर्माता सम्पदा मल्ले बताइन्। राज दरबारमा बलात्कार र हत्या गरिएकी अर्धलीको कथामा आधारित रहेको उनले बताइन्।
यो फिल्ममा हरर भएपनि पूर्णरुपमा मौलिक रहेको जनाएको छ । अहिले आइरहेका फिल्म भन्दा भिन्न रहेकाले आफूले यसको निर्माण गरेको निर्माता पृथ्वी रानामगरको भनाइ छ।
यसलाई भीमसेन लामाले निर्देशन गरेका हुन्। लघु चलचित्र निर्देशन गर्दै आएका लामाको यो डेब्यू फिचर फिल्म हो। यसमा दर्शकले नयाँ स्वाद पाउने उनको भनाइ छ। ‘हरर फिल्म मेरो रोजाइको विषय हो, मेरो लागि यो फिल्म एउटा ड्रिम प्रोजेक्ट हो,’ निर्देशक लामाले भने।
यसमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापालगायतका कलाकारको अभिनय रहेको छ।
अहिले ‘कठपुतली’को पोस्ट प्रोडक्सन लन्डनमा भइरहेको छ। रिलिज मिति नतोकिएको भएपनि यसै वर्ष आउने जनाएको छ।












