Kathmandu Press

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको राष्ट्र बैंकले अनुगमन गर्ने

काठमाडौं, वैशाख ११ : बचत तथा ऋण सहकारीले वार्षिक ५० करोड रुपैयाँभन्दा बढी कारोबार गरेमा नेपाल राष्ट्र बैंकले निरिक्षण तथा अनुगमन गर्ने भएको छ।

....
५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको राष्ट्र बैंकले अनुगमन गर्ने

काठमाडौं, वैशाख ११ : बचत तथा ऋण सहकारीले वार्षिक ५० करोड रुपैयाँभन्दा बढी कारोबार गरेमा नेपाल राष्ट्र बैंकले निरिक्षण तथा अनुगमन गर्ने भएको छ।

सहकारी नियमावलीमा भएको व्यवस्थाअनुसार, राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई निरीक्षण तथा अनुगमन गर्न लागेको जनाएको छ।

सहकारी ऐनको दफा ९५ को उपदफा (२) बमोजिम राष्ट्र बैंकले सहकारी बैंकका अतिरिक्त ५० करोड रुपैयाँभन्दा बढीको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको निरीक्षण वा हिसाबकिताब जाँच गर्न÷गराउन सक्ने उल्लेख छ।

त्यस्तै सहकारी विभागको रजिष्ट्रारले उपनियम (१) बमोजिम राष्ट्र बैंकबाट भएको निरीक्षण वा हिसाबजाँच प्रतिवेदनका सिफारिसको कार्यान्वयन गर्ने नियमावलीमा व्यवस्था रहेको छ।

ऐनको दफा ९७ को उपदफा (४) बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको हकमा मन्त्रालय, नेपाल राष्ट्र बैंक, विभाग, प्रदेश सरकार र स्थानीय तहको संयुक्त टोली बनाई सघन अनुगमन गर्ने व्यवस्था रहेको छ।

स्थानीय तहको नियमन क्षेत्राधिकार भित्रका पाँच करोड रुपैयाँभन्दा बढी बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह र प्रदेश सरकारको सहकारी नियामक निकायबाटै अनुगमन हुने व्यवस्था रहेको छ।

स्थानीय तह वा प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्रका २५ करोड रुपैयाँभन्दा बढी बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह वा प्रदेश सरकारको सहकारी नियामक निकाय र विभागले गर्ने व्यवस्था रहेको छ।

 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, वैशाख ११, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्