Kathmandu Press

कणार्लीका ५२ प्रतिशत संक्रमित होम आइसोलेशनमा

कर्णाली, असोज ५ : कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ। प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना...
कणार्लीका ५२ प्रतिशत संक्रमित होम आइसोलेशनमा
Hardik ivf

कर्णाली, असोज ५ : कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ। प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय ससंक्रमितमध्ये  २३७ जना अर्थात ५२ प्रतिशत संक्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ। 

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितमध्ये २१५ जना विभिन्न अस्पताल र स्थानीय तहद्वारा सञ्चालित आइसोलेशनमा बसेका छन्। सुर्खेतमा मात्रै २७३ जना मध्ये १६९ जना सक्रिय संक्रमित घरमै रहेको पाइएको हो। यो ६२ प्रतिशत हुन आउँछ। सरकारले लक्षण नदेखिएका संक्रमितलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर होम आइसोलेशनमा बस्न निर्देशन दिएपछि यो सङ्ख्या बढेको हो।  

अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हेरचाहको कमी , पर्याप्त सेवा सुविधा नहुने हुँदा अधिकांश संक्रमित घर तथा होटलमा बस्न चाहेको बताइएको छ। चिकित्सकहरु संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राख्ने र आफैँ पनि अनुशासित भएर बसेमा होम आइसोलेशन सुरक्षित हुने बताउँछन्।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, असोज ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्