Kathmandu Press

संविधान स्वीकार्यपूर्ण सहमतिको दस्तावेज : मुख्यमन्त्री पोखरेल

बुटवल, असोज ३ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्यपूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका...
संविधान स्वीकार्यपूर्ण सहमतिको दस्तावेज : मुख्यमन्त्री पोखरेल

बुटवल, असोज ३ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्यपूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन्। 

संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका हुन्।

Hardik ivf

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यावहारिक कार्यान्वयनको अहिले महत्वपूर्ण चरणमा रहेको बताउँदै यो शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी सबै अघि बढिरहेको बताए।

“संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा सङ्कल्प हुनुपर्छ। संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको र यसले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी  सबै तह तप्का, वर्ग तथा क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ”, सन्देशमा भनिएको छ। 

मुख्यमन्त्री पोखरेलले राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव हुने भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न संविधान दिवसले प्रेरणा दिनेनै छ भन्ने सन्देशमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, असोज ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्