Kathmandu Press

चौरी देउरालीमा बाइक बिगार्ने गिरोह सक्रिय, अपराधीलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले गुहारे प्रहरी

चौरी देउरालीमा बाइक बिगार्ने गिरोह सक्रिय, अपराधीलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले गुहारे प्रहरी

काभ्रेपलाञ्चोक, असाेज २ : काभ्रेपलाञ्चोकको चौरीदेउराली गाँउपालिकामा पार्किङमा राखिएका बाइक बिगार्ने गिरोह सक्रिय हुँदा स्थानीय आतंकित बन्न पुगेका छन्। 

पार्किङमा राखिएका मोटरसाइकल खोलेर भित्री पाटपुर्जा बिगार्ने क्रम बढेपछि स्थानीय आतंकित भएका हुन्। यसअघि त्यसक्षेत्रमा रातिको समय घर तथा सडकमा राखिएका मोटरसाइकल तोडफोड गर्ने हुने गरेको थियो। 

गतहप्ता मात्रै उक्त गिरोहले चौरीदेउराली गाउँपालिका–६ प्रभा क्याम्पसको हाताभित्र पार्किङ गरिराखिएको शिक्षक कमल लामाको बा.४६प. ९४८१ नम्मरको मोटरसाइकलको भित्रि पाटपूर्जा खेलेर बिगारिएको पाइएपछि स्थानीयले देउराली बजारमै रहेको इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

पार्किङमा राखिएको मोटरसाइकल कसैले बिगारेको शंका लागेपछि नजिकैको ग्यारेजमा लगेर चेक गराउँदा मोविल हाल्ने ठाउँ खोलेर करिब १ किलोभन्दा बढी चिनी कोचेर इन्जिन नै सिज गराउने प्रयास गरेको पाइएको शिक्षक लामाले बताए।

क्रमिक रुपमा यस्ता घटना बढ्न थालेपछि स्थानीयले अब चुप लागेर बस्न नहुने बताएका छन्। स्थायनीले प्रहरी प्रशासनलाई यस्तो घटनमा संलग्न गिरोहलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, असोज २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्