चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ
काठमाडौं, वैशाख १० : चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। नेपाललाई चेक बाउन्सको आरोपमा महानगरीय प्रहरी पर....

काठमाडौं, वैशाख १० : चेक बाउन्सको आरोपमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। नेपाललाई चेक बाउन्सको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको हो।
६ लाख रुपैयाँको चेक वाउन्स भएपछि नरेशकुमार न्यौपानेको जाहेरीका आधारमा नेपाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। प्रहरीका अनुसार इडन गार्डेन स्कुलको सञ्चालक समेत रहेका नेपालले स्कुलको घरभाडावापतको ६ लाख रुपैयाँ बराबरको न्यौपानेलाई २०७५ मंसिर २१ गते दिएका थिए।
तर, चेक दिएको पाँच महिना भइसक्दा पनि पैसा जम्मा नभएपछि न्यौपानेले नेपालविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेका नेपालले भने आफूले घरभाडावापतको पैसा दिइसक्दा पनि पहिले दिएको चेक फिर्ता नदिएको आरोप लगाएका छन्। उनले घरवेटी रहेका न्यौपानेले आफूलाई फसाएको बताएका छन्।










