Kathmandu Press

कोरोनाबाट सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु

धनगढी, असोज १ : कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १२ जनाको ज्यान गएको छ।पछिल्लो पटक कैलालीको धनगढी उपमहानगरपालिका ५ की ५७ वर्षीया...
कोरोनाबाट सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु

धनगढी, असोज १ : कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म १२ जनाको ज्यान गएको छ।

पछिल्लो पटक कैलालीको धनगढी उपमहानगरपालिका ५ की ५७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो।

उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भदौ १९ गते सेती प्रादेशिक अस्पताल भर्ना भएकी थिइन्। उनकाे उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि कैलालीमा ६ जनाको मृत्यु भएको थियो। त्यस्तै, बाजुरा र बझाङमा दुई दुई तथा अछाममा एक जनाको मृत्यु भएको थियो।

त्यस्तै, पछिल्लो २४ घन्टामा सुदूरपश्चिममा ७० जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या सात सय ४९ पुगेको छ। मन्त्रालयका अनुसार कैलालीमा २१, कञ्चनपुरका आठ, डोटीका ४० र अछामका एक जनामा संक्रमण देखिएको हो।

अहिले सुदूरपश्चिममा सक्रिण् संक्रमितमध्ये अछाममा २९, बैतडीमा ६३, बझाङमा ६५, बाजुरामा नौ, डडेल्धुरामा नौ, दार्चुला १०, डोटी एक सय एक, कैलालीमा चार सय १४ र कञ्चनपुर ४९ जना रहेका छन्।

प्रदेशमा अहिलेसम्म पाँच हजार सात सय सात जना निको भएका छन्। अहिले ६३ कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:११ बजे, बिहीबार, असोज १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्