मेलम्चीबाट भागेकाे इटालियन कम्पनीलाई कर तिर्न ताकेता
काठमाडौं, वैशाख १० : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई १५ दिनभित्र कर तिर्न आउन ठूला करदता कार्यालयले परिपत्र गरेको छ।
मेलम्ची खान....

काठमाडौं, वैशाख १० : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई १५ दिनभित्र कर तिर्न आउन ठूला करदता कार्यालयले परिपत्र गरेको छ।
मेलम्ची खानेपानी आयोजना अलपत्र छाडेको इटालीको ठेकेदार कम्पनी सीएमसीलाई १५ दिनभित्र कर तिर्न आउन कार्यलयले परिपत्र गरेको हो। ठूला करदाता कार्यालयले आज सूचना प्रकाशित गरी तोकिएको समयभित्र कर तिर्न आउन दोस्रो पटक ताकेता गरेको हो।
यस अघि पनि सीएमसीलाई कर तिर्न आउन परिपत्र गरेको थियो। तर, सीमएसीले वास्ता गरेको थिएन। ठूला करदाता कार्यालयले सीएमसीलाई हुलाकमार्फत चिठ्ठी पठाएको छ। सीएमसीको कार्यालय कञ्चनजंगा हाउजिङ अर्थात् ट्रेड टावर, थापाथलीमा रहेको छ।
कार्यालयले १५ दिनभित्र एभरेष्ट बैंक लिमिटेड हरिहरभवनमा रहेको कार्यालयको बैंक खाताका कर रकम जम्मा गर्न सूचित गराएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनलाई सिएमसीले अलपत्र छोडेको छ। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोले निर्माण गर्न लागेको तनहुँ सेतीसमेत बीचमै छोडेर अलपत्र पारेको छ।











-1754206481.jpg)