Kathmandu Press

अरिङ्गाल पोल्न जाँदा हाँगा भाँचिएर एकको मृत्यु

धादिङ, भदौ ३१ : अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ। अर्का एक जना भने घाइते भएका छन्।त्रिपुरासुन्दरी...
अरिङ्गाल पोल्न जाँदा हाँगा भाँचिएर एकको मृत्यु

धादिङ, भदौ ३१ : अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ। अर्का एक जना भने घाइते भएका छन्।

त्रिपुरासुन्दरी गाउँपालिका ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा ३५ वर्षीय अर्जुनबहादुर थापाको मृत्यु भएको हे। त्यस्तै घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ रहेका छन्।
 
रुखबाट लड्दा टाउकामा चोट लागि गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको थियो। गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, भदौ ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्