Kathmandu Press

बाँकेको खडैचाबाट भारत हिँडेका ५४ को उद्धार

बाँकेको खडैचाबाट भारत हिँडेका ५४ को उद्धार
Hardik ivf

बाँके, भदौ ३० : बाँकेको खडैचाबाट हिजो मध्यराति भारत जान खोज्ने ५४ जनालाई प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने पाँच महिलासहित ५४ जनालाई जिल्लाको डुडुवा गाउँपालिकाको खडैचाबाट उद्धार गरेको हो।

भारतको हिमाञ्चल प्रदेशमा रोजगारी गर्न जान लागेको बताउने उनीहरु ठेकेदारलाई भारत पठाएवापत प्रतिव्यक्ति ६ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अवैध नाका प्रयोग गरेर जान लागेकाले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए। ‘रुकुम, रोल्पा, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका उनीहरु कामका लागि भारत जान लागेको अवस्थामा उद्धार गरिएको हो,’ उनले भने।

अवैध बाटोबाट सोझा नागरिकलाई भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईमध्ये अमर गन्र्धव गाडी चालक भएको र सेराज अहमद राई नेपालगञ्जबाट अवैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको बाँके प्रहरी प्रमुख रानाले बताए। कोभिड–१९ को महामारीको कारण सीमा बन्द भएका कारण उनीहरुलाई अवैध बाटो प्रयोग गरी भारत लैजान लागिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्