Kathmandu Press

निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा एक मजदुरको मृत्यु

दोलखा, भदौ २७ : दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा एक मजदुरको मृत्यु भएको छ।गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा...
निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा एक मजदुरको मृत्यु

दोलखा, भदौ २७ : दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा एक मजदुरको मृत्यु भएको छ।

गौरीशङ्कर गाउँपालिका–५ गुरुम्फीमा निर्माणाधीन हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा शनिबार पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोकका ३१ वर्षीय महेश केसीको मृत्यु भएको हो।  

हाइड्रो पावरको भवनभित्र क्रेनबाट माथि काम गर्न जाने क्रममा क्रेनको डोरी चुँडिएर क्रेनको डब्बासहित तल ढलानमा खस्दा केसीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए। केसी पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित ढलानमा पछारिएका थिए।

टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका मजदूरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, भदौ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्