Kathmandu Press

माथिल्लो तामाकोशीको सुरुङमा पेनस्टक पाइप जडान गरिँदै

दोलखा, वैशाख ९ : राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न लागिएको छ। व्ैशाख २२ गतेभित्रै....

माथिल्लो तामाकोशीको सुरुङमा पेनस्टक पाइप जडान गरिँदै

दोलखा, वैशाख ९ : राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न लागिएको छ। व्ैशाख २२ गतेभित्रै पेनस्टक पाइप जडान गरिने कम्पनीले जनाएको छ।

स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीको माथिल्लो ठाडो सुरुङ पनि वैशाखभित्रै पेनस्टक पाइन जडान गर्न थालिने जनाएको छ।

आयोजनाको तल्लो पेनस्टक साफ्टमा तीन सय ७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको छ।

तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गरिने छन्। माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेन्ड पेनस्टक पाइपहरु जडान भएइसकेका छन्। अब ती बेन्ड पाइपभन्दा माथि अर्को पाइप जडान गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत पुष २३ गते आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपापर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन्। उनले निरीक्षणका क्रममा निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन्।

बैठकमा टेक्स्म्याकोका मुख्य कार्यालयका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल  ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरु उपस्थित थिए। छलफलमा अध्यक्ष घिसिङले कामलाई तिव्रता दिन दिर्नेशन दिए।

टेक्स्म्याकोका सिइओ अग्रवालले निर्धारित समयमै सम्पन्न हुने बताए। आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, भूकम्पका कारण ढिलाइ भएको थियो।

अहिले पुष महिनाभित्र निर्माण सक्ने गरी काम भइरहेको छ। पुस १५ गतेभित्र एउटा यूनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुनेछ।

यो आयोजनमा ३५ अर्ब २९ करोड ४१ लाख लाग्ने अनुमान गरिएको थियो। त्यस्तै, निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड हुने अनुमान थियो।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसमा निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने जनाएको छ।

यसमा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले दुई/दुई अर्ब र अपुग ११ अर्ब आठ करोड रुपैया नेपाल सरकारले ऋण लगानी रहेको छ। कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक शेयर छ।

कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ।

 

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, वैशाख ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्