Kathmandu Press

एभरेष्ट बैंकको आठ महिनामा दुई अर्ब २१ करोड नाफा

काठमाडौं, वैशाख ९ : एभरेष्ट बैंकले चालु आर्थिक वर्षको चैतसम्मको नाफा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षभन्दा १८.३७ प्रतिशतले बढी हो। गत वर....

एभरेष्ट बैंकको आठ महिनामा दुई अर्ब २१ करोड नाफा

काठमाडौं, वैशाख ९ : एभरेष्ट बैंकले चालु आर्थिक वर्षको चैतसम्मको नाफा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षभन्दा १८.३७ प्रतिशतले बढी हो। गत वर्ष बैंकले एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ। व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ। बैंकले चैतसम्ममा चार अर्ब १० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।

निक्षेप संकलनको तुलनामा ऋणको विस्तार अधिक देखिन्छ। बैंकले १६.४६ प्रतिशतले निक्षेप बढाउँदा ऋण लगानी २५ प्रतिशतले बढाएको छ। नेपाल राष्ट्र बैंकले अन्तर बैंक कर्जा प्रवाहलाई सीसीडीमा गणना गर्न पाइने व्यवस्था गरेसँगै बैंकको कर्जा प्रवाह एक खर्ब आठ अर्ब रुपैयाँको गरेको छ। सीसीडी प्रयोजनका लागि ६ अर्ब ६४ करोड रुपैयाँ अन्तर बैंकिङ लगानी गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाषिकको तुलनामा भने बैंकको निक्षेप तथा कर्जा प्रवाहमा खासै सुधार देखिँदैन। निक्षेप संकलनमा नगन्य सुधार भएको छ भने ऋण लगानी तीन अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ।

बैंकको पूँजीकोष अनुपात १५.७० प्रतिशतबाट १३.३८ प्रतिशतमा खुम्चिएको छ। खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.१८ प्रतिशतमा झरेको छ। प्रति शेयर आम्दानी ५.३८ रुपैयाँले सुधार भएको छ। बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी आठ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ प्रतिशतले बढेर आठ अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ।  

 

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, वैशाख ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्