Kathmandu Press

डडेल्धुरा अस्पतालले  २५ सय रुपैयाँमा पीसीआर जाँच गर्ने

डडेल्धुरा, भदौ २५ : डडेल्धुरा अस्पतालले दुई हजार पाँच सय रुपैयाँमा पीसीआर जाँच गर्ने भएको छ।आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच...
डडेल्धुरा अस्पतालले  २५ सय रुपैयाँमा पीसीआर जाँच गर्ने

डडेल्धुरा, भदौ २५ : डडेल्धुरा अस्पतालले दुई हजार पाँच सय रुपैयाँमा पीसीआर जाँच गर्ने भएको छ।

आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ। यसअघि अस्पतालले आपत्कालीनावस्थामा एक घण्टाभित्र पीसीआर रिपोर्ट दिने जनाएको थियो।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइको पत्र र अस्पताल विकास समितिको निर्णयानुसार सो शुल्कमा पीसीआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ।

साधारणावस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरुलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए। डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन्।

दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको र बिहीबार दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।  रासस

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, भदौ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्