तारा एयरको विमान मन्थली विमानस्थलकाे धावनमार्गमै चिप्लियो
रामेछाप, वैशाख ९ : तारा एयरको विमान अवतरण गर्ने क्रममा रामेछापकाे मन्थली विमानस्थलमा चिप्लिएको छ।
सोमबार बिहान लुक्लाबाट रामेछाप आएको ९....

रामेछाप, वैशाख ९ : तारा एयरको विमान अवतरण गर्ने क्रममा रामेछापकाे मन्थली विमानस्थलमा चिप्लिएको छ।
सोमबार बिहान लुक्लाबाट रामेछाप आएको ९एन–एकेके कल साइनको तारा एयरको विमान मन्थली विमानस्थलकाे धावनमार्गमै चिप्लिएको हो। अवतरणका क्रममा हाइड्रलिक पाइप फुटेर धावनमार्गमा चिप्लिएको जनाएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको जनाएको छ। दुर्घटना भएकाे विमानमा क्षति पुगेको छ। धावनमार्गमै विमान चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। विमान नहटाउँदासम्म उडान संचालन नहुने मन्थली विमानस्थलले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ११:०१ बजे, सोमबार, वैशाख ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)