Kathmandu Press

हात्तीले सखाप पार्‍यो धानबालीे

हात्तीले सखाप पार्‍यो धानबालीे

कञ्चनपुर, भदाै २४ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको झुण्डले गएराति धानबाली सखाप पारेको छ। 

हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली नष्ट गरेको हो।

मध्यरातमा आठ वटाको संख्यामा आएको हात्तीको झुण्डले स्थानीय चेतराम डगौरा, गंगाराम डगौरा र सिताराम डगौराको धानबाली नोक्सान गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। ‘हात्तीको झुण्डले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ,’ उनले भने, ‘अन्य किसानको खेतमा पनि हात्तीको बथानले यताउता  हिँडदै गर्दा खुट्टाले कुल्चेर धानबाली नष्ट गरेको छ।’
 
जीवन निर्वाहको मुख्य स्रोतका रुपमा रहेको धानबाली हात्तीको झुण्डले नष्ट गरिदिएपछि किसानको विजोग भएको उनले बताए। विगत केही वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ। हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ।

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्