Kathmandu Press

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटघाट भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अध्यषद्वयबीच...
नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, भदौ २४ : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटघाट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अध्यषद्वयबीच नेकपा स्थायी कमिटी बैठकबारे छलफल भएको छ।

साउन १३ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय भएको छ। 

आगामी बैठकमा स्थायी कमिटी बैठकमा के प्रस्ताव लैजाने भन्नेबारे छलफल भएको बताइएको छ।

नेकपा भित्रकाे विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई परिमार्जन गर्ने जिम्मेवारी सचिवालयले दुई अध्यक्षलाई दिएको थियो।

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्