Kathmandu Press

निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं, भदौ २४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव दिएको छ। कोरोना संक्रमितको संख्या नघटेको भन्दै...
निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं, भदौ २४ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव दिएको छ। कोरोना संक्रमितको संख्या नघटेको भन्दै मन्त्रालयले निषेधाज्ञा थप गर्न सुझाव दिएको हो।

अबको एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रणमा सहज हुने मन्त्रालयले जनाएको छ। भदौ ४ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ। 

यसअघि मन्त्रालयले दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउपर्ने मापदण्ड बनाएको थियो।

उपत्यका नगरपालिका फोरमले भने उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरी जनजीवन सहज बनाउन सुझाव दिएको छ। 

तर कतिपय विज्ञहरुले समेत निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन सुझाव दिएका छन्।

प्रकाशित मिति: १२:१५ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्