Kathmandu Press

एक सहभागी बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना खोप परीक्षण

भक्तपुर, भदौ २४ : एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय मिलेर मान्छेमा गरिरहेको कोरोना खोपको परीक्षण रोकेको छ।खोप परीक्षणमा सहभागी एक जना स्वयंसेवक बिरामी भएपछि...
एक सहभागी बिरामी भएपछि अक्सफोर्डले रोक्यो कोरोना खोप परीक्षण

भक्तपुर, भदौ २४ : एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालय मिलेर मान्छेमा गरिरहेको कोरोना खोपको परीक्षण रोकिएको छ।

खोप परीक्षणमा सहभागी एक जना स्वयंसेवक बिरामी भएपछि परीक्षण रोकिएको एस्ट्राजेनेकाले जनाएको छ। केही सातादेखि तेस्रो चरणमा परीक्षण भइरहेको थियो।

खोप परीक्षणमा ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशहरुबाट ३० हजार स्वयंसेवकको सहभागि रहेका थिए। उनीहरुमध्ये एक जना बिरामी परेको बीबीसीले जनाएको छ।

ठूला परीक्षणहरु हुँदा केही मानिसहरु बिरामी पर्नुलाई संयोग मानिएको अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ता बताउँछन्। ‘ठूला परीक्षणहरुमा मानिसहरु संयोगले बिरामी हुन्छन्, तर यसलाई ध्यानपूर्वक जाँच्न र स्वतन्त्र रूपमा समीक्षा गर्नुपर्दछ,’ उनले भनेका छन्।

खोपको परीक्षणमा सहभागी कसरी बिरामी भयो भन्ने कुरा हालसम्म पनि पत्ता लागेको छैन। बिरामी हुनुको कारण पत्ता लागेलगत्तै केही दिनमा परीक्षणलाई फेरि सुरु गरिने उनीहरुको भनाइ छ।

अहिले विश्वमा झण्डै एक दर्जन स्थानमा कोरोना खोपको ट्रायल भइरहेको छ। जसमध्ये अक्सफोर्डको खोप बजारमा सबैभन्दा पहिला आउने अनुमान गरिँदै आएको छ। अक्सफोर्डले खोपको परीक्षण रोकेको यो दोस्रो पटक हो।

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्