Kathmandu Press

काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु

काठमाडौं, भदौ २४ : काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको बुधबार मृत्यु भएको छ।काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा...
काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु

काठमाडौं, भदौ २४ : काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा भएको हो। उनको मंगलबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी मंगलबार बिहान अस्पताल भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

अस्पताल भर्ना भएपछि उनको स्वाब परीक्षण गरिएको थियो। मंगलबार नै कोरोना संक्रमण पुष्टिद भएको अस्पतालले जनाएको छ। उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय सात पुगेको छ। त्यस्तै, कोरोना संक्रमितको संख्या ४८ हजार एक सय ३८ रहेको छ।

प्रकाशित मिति: ०९:५० बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्