Kathmandu Press

स्टार फुटबलर रोनाल्डोको नाममा नयाँ किर्तिमान

काठमाडौं, भदौं २४ : पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल...
स्टार फुटबलर रोनाल्डोको नाममा नयाँ किर्तिमान

काठमाडौं, भदौं २४ : पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् ।

यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हासिल गरेका हुन् ।

स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा एक गोल थपे । 

राष्ट्रिय फुटबल टिमबाट इरानका अली डेईलेमात्र रोनाल्डो भन्दा बढी एक सय नौ अन्तराष्ट्रिय गोल गरेका छन् । 

प्रकाशित मिति: ०८:५७ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्