Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित, २ हजार ६ सय ७२ पुगे कुल संक्रमित 

काठमाडौं, भदौं २४ : गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र, कास्की र चितवन मेडिकल कलेज भरतपुरमा...
गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित, २ हजार ६ सय ७२ पुगे कुल संक्रमित 

काठमाडौं, भदौं २४ : गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, कास्की र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणमा कास्कीका ९ जना, बाग्लुङ तमानखोला गाउँपालिकाका १ का २६ वर्षीय पुरुष र नवलपरासी (सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका–१ का ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

कास्कीका ९ जना संक्रमित सबै पोखरा महानगरपालिकाका रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ।

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्