Kathmandu Press

आज देशभर पानी पर्ने सम्भावना 

काठमाडौं, भदौं २४ : देशभरको मौसमा बदली भई अहिले धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
आज देशभर पानी पर्ने सम्भावना 

काठमाडौं, भदौं २४ : देशभरको मौसमा बदली भई अहिले धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

मनसुनको न्युन चापिय रेखा औसत भन्दा केहि माथि उठेका कारण त्यसको असर नेपालमा पनि देखिएको महाशाखाले जनाएको छ । आज दिनभर नै देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्नेछ।

प्रदेश नम्बर एक, दुई, बागमती , गण्डकी र पाँच नम्बर प्रदेशका केहि स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। गए रातीदेखि थप सकृय बनेको मौसम अबको तीन दिनसम्म यस्तै रहने महाशाखाले अनुमान गरेको छ।

गएराति काठमाडौँ उपत्यकासहित बागमती प्रदेश, गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशमा मेघ गर्जन सहित हल्का देखि मध्यम खालको पानी परेको थियो।

यसैबीच, आज विशेषगरी नारायणी नदी र यसका सहायक नदीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।  

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्