Kathmandu Press

कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ २३ : पोखरास्थित  स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रको आईसीयुमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पोखरा १० की ७३...
कास्कीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ २३ : पोखरास्थित  स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रको आईसीयुमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

पोखरा १० की ७३ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो।

स्वास्थ्य समस्या देखिएपछि पोखराकै मेडिप्लस अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारै उनलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा सारिएको थियो।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्