Kathmandu Press

कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको संख्या बढ्दै

कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको संख्या बढ्दै

काठमाडौं, भदौ २३ : पछिल्ला केही दिनयता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो।

कोरोना निको हुनेको संख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ संक्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन्। आजसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ५ प्रतिशत डिस्चार्ज भएका छन्। 
    
सोमबार मुलुकभर ९७९ नयाँ संक्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए। यस्तै आइतबार पनि सक्रिय संक्रमित (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए। हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। जसमध्ये ६ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन्। 

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्