Kathmandu Press

कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २३ : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि मंगलबार नै धापासीस्थित ह्याम्स अस्पतालमा स्वाब परीक्षणको...
कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २३ : नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ। 

ज्वरो आएपछि मंगलबार नै धापासीस्थित ह्याम्स अस्पतालमा स्वाब परीक्षणको लागि दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो। 

यस्तै, कोइरालाका परिवार तथा सुरक्षाकर्मी गरी १९ जनाको स्वाब परीक्षणको लागि ललितपुरस्थित स्टार अस्पतालमा पठाइएको छ। उनीहरुको भने रिपोर्ट आइसकेको छैन।

उनमा कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्