Kathmandu Press

बैंकका शाखा भदौ २५ सम्म खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३  : नेपाल राष्ट्र बैंकले भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको...
बैंकका शाखा भदौ २५ सम्म खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३  : नेपाल राष्ट्र बैंकले भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व संकलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ।

सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो। 

यस्तै, केन्द्रीय बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको कार्यालयसमेत खुला राख्न निर्देशन दिएको छ। पछिल्ला दिनमा निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाले सीमित मात्रै शाखा कार्यालय सञ्चालन गरिरहेका छन्। रासस 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्