Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित  

काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोनाको...
काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित  

काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।  यस्तै, म‌ंगलबार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डा‍.  जागेश्वर गौतमका अनुसार योसँगै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन्।  

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्