कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं, भदौ २३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....
काठमाडौं, भदौ २३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको जानकारी दिए।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ। यस्तै, मंगलबार नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रवक्ता डा। गौतमका अनुसार योसँगै योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ। संक्रमितमध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर २२८७ जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२७ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











