Kathmandu Press

चिकित्सकलाई प्रधानमन्त्रीको निर्देशन- मनोसामाजिक समस्या समाधान गर्न सक्रिय हुनुस्

काठमाडौं, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापछि मानिसमा मनोसामाजिक समस्या देखापरेको भन्दै त्यसको समाधानका लागि योजना बनाउन विज्ञहरुलाई निर्देशन दिएका छन्।मंगलबार बालुवाटारमा...
चिकित्सकलाई प्रधानमन्त्रीको निर्देशन- मनोसामाजिक समस्या समाधान गर्न सक्रिय हुनुस्

काठमाडौं, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनापछि मानिसमा मनोसामाजिक समस्या देखापरेको भन्दै त्यसको समाधानका लागि योजना बनाउन विज्ञहरुलाई निर्देशन दिएका छन्।

मंगलबार बालुवाटारमा जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मानिसहरुमा भय तथा दिक्दारी बढेकाले त्यसको निरुपणका लागि योजना बनाउन स्वास्थ्य मन्त्रालय तथा निजी क्षेत्रका संघसंस्थालाई निर्देशन दिएका हुन्। यसका लागि वृहत परामर्श तथा सचेतनामुलक कार्यक्रम र अभियान सञ्चालन गर्न प्रधानमन्त्री निर्देशन दिएको छलफलमा सहभागी डा. दिव्यासिंह शाहले जानकारी दिइन्।

"मानिसहरुमा भय तथा दिक्दारी बढेकाले त्यसले थप जटिलता निम्त्याउने भएकाले जनचेतना फैलाउन आवश्यक छ। यसका लागि तपाईंहरुले सक्रिय रुपमा योगदान गर्नुस्,'' प्रधानमन्त्रीको भनाइ उदृत गर्दै शाहले भनिन्।

प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालका लागि योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी एवं निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिएका छन्। 

भयरहित समाज निर्माणका लागि मनोचिकित्सकहरुले विशेष भूमिका निर्वाह गर्न प्रधानमन्त्रीले दिएको निर्देशनमा सहयोग गर्ने चिकित्सकहरुले प्रतिवद्धता व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीसँगको छलफलमा चिकित्सकहरु दिव्यासिंह शाह, सुदर्शननरसिंह प्रधान, पशुपति महत, सरोजप्रसाद ओझा रितेश थापा, सगुन पन्त,  अनन्त अधिकारी, फणीन्द्र बराल रोशन पोखरेल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्