पिपरा गाउँपालिका अध्यक्ष चाैधरीको निधन
गौशाला, वैशाख ८ : महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन भएको छ। ५-६ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकोमा ४५ वर....

गौशाला, वैशाख ८ : महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन भएको छ। ५-६ दिनअघि अचानक बिरामी भई हेलिकप्टरमार्फत काठमाडौँं लगिएकोमा ४५ वर्षीय चौधरीको आइतबार उपचारका क्रममा काठमाडौंमै निधन भएको राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी जिल्ला संयोजक रामप्रगास यादवले बताए।
राजपाबाट पिपराका अध्यक्षमा निर्वाचित चौधरीको आज बिहान १० बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको संयोजक यादवले बताए। अध्यक्ष चौधरीले निर्वाचित भएदेखि नै पटक-पटक बिरामी भएर भारतको दिल्लीसम्म उपचार गराएका थिए। पुनःएक्कासि बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
प्रकाशित मिति: १८:१८ बजे, आइतबार, वैशाख ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











