Kathmandu Press

‘जग्गाको कित्ताकाट भूमाफियाकै योजनामा खुलाइयो’

काठमाडौं, भदौ २३ : अखिल नेपाल किसान महासंघले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय तत्काल रोक्न माग गरेको छ। महासंघले विज्ञप्ति जारी गरी कृषि...
‘जग्गाको कित्ताकाट भूमाफियाकै योजनामा खुलाइयो’

काठमाडौं, भदौ २३ : अखिल नेपाल किसान महासंघले जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय तत्काल रोक्न माग गरेको छ। 

महासंघले विज्ञप्ति जारी गरी कृषि भूमि खण्डीकरण रोक्नुपर्ने माग गरेको हो। भू-उपयोग नियमावली बनाउनुको सट्टा कित्ताकाट खोलेर सरकारले गलत काम गरेको महासंघको भनाइ छ।

महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'कृषि भूमिलाई खण्डीकरण गरी व्यापारको वस्तु बनाउने, गरीब किसानलाई आफ्नो जमीन बलजफ्ती सस्तोमा बेच्न बाध्य बनाएर भू-माफिया तथा दलाललाई पोस्ने उद्देश्यले जग्गाको कित्ताकाट भएकाले तत्काल निर्णय बदर हुनुपर्छ।'

जग्गाको कित्ताकाट घरजग्गा व्यवसायीको स्वार्थमा खुलाइएको आरोप महासंघले लगाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌मा अर्यालले गत भदौ १८ गते  कित्ताकाट फुकुवाको निर्णय गरेकी थिइन्। 

भू-उपयोग ऐन २०७६ ले भूमिलाई विभिन्न भू-उपयोग क्षेत्रमा वर्गीकरण र नक्सांकन गर्ने भने पनि सरकारले त्यसको मर्म विपरीत कित्तकाट खुलाएको हो।
 

प्रकाशित मिति: १४:४३ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्