Kathmandu Press

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी, भदौ २३ : स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र...
स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी, भदौ २३ : स्वाब संकलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो।

बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब संकलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेका बताइएको छ। भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको आफूले सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय बोहराले हातपात गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिए। उनले भने, ‘विद्यालयमा बैठक चलिरहेको थियो। ती व्यक्ति मदिरा सेवन गरेर गालीगलौज पनि गरिरहेका थिए। मैले यस्तो बेला भीडभाड नगर्नुस् भनेर सम्झाउँदा म माथि हातपात भयो।’

Hardik ivf

स्थानीयले हातपात गर्दा ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको छ। स्थानीयले आफूमाथि हातपात गरेपछि आज बिहान आफूले गाँजरी प्रहरीचौकीमा निवेदन दिएको स्वास्थ्यकर्मी बोहराले बताए। उनले भने, “यसरी मलाई काम गर्न निकै असहज भएको  । अहिले निवेदन दिनका लागि प्रहरीचौकीमा आएको छु। यसपछि के हुन्छ। त्यसपछि मात्रै कार्यक्षेत्रमा फर्किन्छु।’

स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए। उनले भने, ‘हामीले समुदायका मानिसको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी गरेका थियौँ, तर स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीमाथि हातपात भएपछि समस्या भएको छ।’

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाहीको समेत माग गरिएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख साउँदले बताए। प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने जानकारी दिए। उनले भने, ‘स्वास्थ्यकर्मी कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न ती व्यक्तिलाई नियन्त्रमा लिन प्रहरी टोली गएको छ।’

स्थानीय तहमा स्वाब संकलन कार्य भइरहेको छ। अहिलेसम्म बैतडीमा ३७५ जनामा कोरोना पुष्टि भएको छ भने ३६२ जना डिस्चार्ज भइसकेका छन्। जिल्लामा १३ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्