Kathmandu Press

ठूलो परिमाणकाे लागुऔषधसहित दुई जना पक्राउ

भक्तपुर, भदौ २३ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै...
ठूलो परिमाणकाे लागुऔषधसहित दुई जना पक्राउ

भक्तपुर, भदौ २३ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छ। उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्