कोरोना संक्रमणबाट पोखरामा ६३ वर्षीया महिलाको मृत्यु
पोखरा, भदौ २३ : मिर्गौला रोगपीडित एक बृद्धाको मंगलबार पोखरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।कास्कीको अन्नपुर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको...
पोखरा, भदौ २३ : मिर्गौला रोगपीडित एक वृद्धाको मंगलबार पोखरामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
कास्कीको अन्नपुर्ण गाउँपालिका-१ की ६३ वर्षीया महिलाको मंगलबार बिहान विरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो। उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी मिर्गौलासँगै ब्रेन ट्युमरबाट पीडित थिए। उनको नियमित उपचार चलिररहेको थियो। उपचारका क्रममै कोरोना संक्रमण भएको आफन्तजनले बताएका छन्। उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
योसँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











