Kathmandu Press

अर्घाखाँचीका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

अर्घाखाँचीका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

नेपालगञ्ज, भदौ २३ : अर्घाखाँचीका एक जना कोरोना भाइरस संक्रमितको बाँकेको कोहलपुरमा मृत्यु भएको छ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षा अस्पतालमा उपचाररत अर्घाखाँचीका ४२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।

उनको उपचारका क्रममा बिहान साढे ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

अस्पतालका अनुसार उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। आइसोलेसनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ११ गते अस्पताल भर्ना गरिएको थियो।

उनी टिपर दुर्घटनामा घाइते भएका थिए। उपचारका लागि बुटवलस्थित अस्पताल लगिएको थियो। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि कोहलपुर रिफर गरिएको थियो।

केही दिनदेखि उनको अवस्था बिग्रिदै गएको थियो। अर्घाखाँचीको शीतगंगा नगरपालिकाका उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

 

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्