Kathmandu Press

पूर्व-पश्चिम रेलमार्ग निर्माणको ३३ अर्बकाे ठेक्का रद्द

काठमाडौं, भदौ २३ : पूर्वपश्चिम राजमार्ग निर्माणका लागि खोलिएको ठेक्का रद्द भएको छ। ठेक्का प्रक्रियामा विवाद उत्पन्न भएपछि रद्द गरिएको हो।रेल विभागले काँकडभिट्टा–इनरुवा...
पूर्व-पश्चिम रेलमार्ग निर्माणको ३३ अर्बकाे ठेक्का रद्द

काठमाडौं, भदौ २३ : पूर्वपश्चिम राजमार्ग निर्माणका लागि खोलिएको ठेक्का रद्द भएको छ। ठेक्का प्रक्रियामा विवाद उत्पन्न भएपछि रद्द गरिएको हो।

रेल विभागले काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको छ। कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लियरेन्स’ तत्काल हुन नसक्ने जनाउँदै बोलपत्र मूल्यांकन समितिले राय दिएपछि रेल विभागले ठेक्का रद्द गरेको हो।

बोलपत्र मूल्यांकन समिति र रेल विभागको कानून तथा लेखा शाखाले बोलपत्र सकार्न नसकिने भन्दै महानिर्देशकलाई सिफारिस गरेका थिए। महानिर्देशकले ठेक्का रद्द गर्न बोलपत्र मूल्यांकन समिति, समितिले गठन गरेको उपसमिति तथा शाखाहरुले दिएको राय सिफारिसलाई आधार मान्नुपर्छ।

समयमै ठेकेदारलाई काम गर्ने ठाउँ दिन नसक्दा ठेकेदारले क्षतिपूर्ति माग गर्ने सक्ने भएकाले ठेक्का रद्द गरिएको विभागले जनाएको छ।

पूर्वतयारी बिना नै रेग विभागले ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्का प्रक्रिया सुरु गरेको थियो। १०६ किलोमिटर लम्बाईको ट्रयाक बेड निर्माणका लागि १८ ठेकेदारले माग लिएका थिए। त्यसलाई ५४ टुक्रा बनाएर ठेक्का दिने तयारी गरिएको थियो।

 

प्रकाशित मिति: ११:४३ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्