रुसले बनाएको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने
काठमाडौं, भदौं २३ : रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुनिक पाँच नाम दिइएको उक्त खोप...
काठमाडौं, भदौं २३ : रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।
स्पुनिक पाँच नाम दिइएको उक्त खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् ।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको बताए ।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले जनाए ।
यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने बताईएको छ ।
सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो ।
प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











