Kathmandu Press

चितवनमा थपिए थप २२ जना कोरोना संक्रमित 

चितवनमा थपिए थप २२ जना कोरोना संक्रमित 

काठमाडौं, भदौं २३ : चितवनमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका १४ सहित थप २२ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार साँझ सार्वजनिक रिपोर्ट अनुसार भरतपुरका १३ जना र  रत्ननगरका १ जनासहित चितवनका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गैँडाकोटका ४ र कावासोतीका १ जना गरी नवलपुरका ५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी, मकवानपुर र बाराका एकरएक जनामा पनि संक्रमण पुष्टि भएको हो । 

प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्