Kathmandu Press

भारतमा २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना संक्रमण

भारतमा २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, भदौं २३ : दैनिक कोरोना संक्रमण बृद्धिमा केही दिन यता भारत सबैभन्दा अगाडि देखिएको छ । विश्वमै सबैभन्दा बढी संक्रमित भएको अमेरिका भन्दा भारतमा दैनिक बृद्धिदर दोब्बरले बढी हुन थालेको छ ।

अमेरिका हालसालका दिनहरूमा दैनिक औषत ४० हजार संक्रमित देखिन थालेका छन् भने भारतमा दैनिक बृद्धिदर औषत ८० हजार हाराहारी छ । यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम गरेको भारतमा मंगलबार भने संक्रमित संख्या केही घटेको हो । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा ७५ हजार २२ जना संक्रमित भएका छन् ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ७७ हजार ५८४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३३ लाख २१ हजार ४२० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ८३ हजार ३४८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । 

प्रकाशित मिति: ०६:४५ बजे, मंगलबार, भदौ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्