कैलालीको गोरङ्गे पृतना तालिम शिक्षालयका ६३ सैनिकमा कोरोना पुष्टि
लम्कीचुहा, भदौ २२ : कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालिम शिक्षालयका ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।नगरपालिकाका स्वास्थ्य शाखा...
लम्कीचुहा, भदौ २२ : कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालिम शिक्षालयका ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालिम केन्द्रका २४५ सैनिकको नमूना संकलन गरिएकामा ६३ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए। तालिम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको छ।
सोमबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा संक्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल संक्रमित र सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन्।
सोमबारसम्म कैलालीमा ६, बझाङ र बाजुरामा दुई-दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











