तनहुँमा जीप खोलामा खस्दा दुईको मृत्यु, ६ घाइते
तनहुँ, भदौ २२ : तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२...
तनहुँ, भदौ २२ : तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार जीपमा सवार अन्य ६ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ।
व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डेतर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।











