Kathmandu Press

कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु भएको छ। 
कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु

सिरहा, भदौ २२ : कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। 

मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताए। 

मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौं पुर्‍याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। रासस

प्रकाशित मिति: १६:५२ बजे, सोमबार, भदौ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्