कोरोना संक्रमणबाट सिरहामा थप दुई जनाको मृत्यु
सिरहा, भदौ २२ : कोरोना संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२...
सिरहा, भदौ २२ : कोरोना संक्रमणबाट दुई दिनको अवधिमा सिरहामा थप दुई जनाको मृत्य भएको छ।
मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका– ५ का ६२ वर्षीय र गोलबजार नगरपालिका– ३ जमदहका ७७ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
मिर्चैयामा ग्यास व्यवसायी सञ्चालन गर्दै आएका ६२ वर्षीय पुरुषको उपचारका क्रममा गएराति जनकपुरस्थित प्रादेशिक अस्पतालमा र गोलबजारका ७७ वर्षीय पुरुषको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रमुख यादवले बताए।
मधुमेह र निमोनियाबाट ग्रसित ७७ वर्षीय पुरुषलाई उपचारका लागि काठमाडौँ पुर्याएर कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। योसँगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ।
प्रकाशित मिति: १६:४७ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











