Kathmandu Press

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

 काठमाडौं, भदौ २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ३०० पुग्यो

 काठमाडौं, भदौ २२ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए।  

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौं ३७, ९० र ८३ वर्षीया महिला तथा कास्कीकी ६३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, मोरङका ७६, सिराहाका ८७ र ६२, सर्लाहीका ३५, दोलखाका ६९, मकवानपुरका ३९ र बाँकेका ५९ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०० पुगेको छ। 

यस्तै, सोमबार नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा‍. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्